काठमाडौं– इन्डो नेपाल करिडोरको रेमिटेन्स प्रवर्द्धन गर्ने उद्देश्यसहित मुथुट फिनकर्प र आइएमईबीच सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा मुथुट फिनकर्प लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) साजी वर्गिस र आइएमईका तर्फबाट गौतम नैथानीले हस्ताक्षर गरेका छन् ।

भारतमा बुधबार आयोजित उक्त कार्यक्रममा मुथुट फिनकर्पका अध्यक्ष एवम् प्रबन्ध निर्देशक थोमस जोन मुथुट, आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललगायत अन्य वरिष्ठ अधिकारीको उपस्थिति रहेको थियो ।

यस अवसरमा बोल्दै मुथुट फिनकर्प लिमिटेडका सिइओ वर्गिसले भने, हाम्रा ३६०० शाखामार्फत भारतमा बसोबास गर्ने र आम्दानी गर्ने नेपाली समुदायलाई उनीहरूको घरदैलोमा सेवा प्रदान गर्ने यो एउटा विस्तारित कदम भएको विश्वास व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले मुथुट फिनकर्पसँगको सहकार्यले भारतमा आइएमईको पहुँच विस्तार भएको बताए । आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले मुथुट फिनकर्पसँगको सहकार्य इन्डो नेपाल रेमिटेन्स सेवा विस्तारका लागि महत्तवपूर्ण हुने धारणा राखे ।

यस अवसरमा बोल्दै आइएमईका गौतम नैथानीले मुथुट फिनकर्प लिमिटेडसँग हात मिलाउँदा इन्डो–नेपाल रेमिटेन्स सेवामा अर्को कोसेढुंगा थपिनेछ बताए । यहाँ ग्राहकले दुवै कम्पनीको फराकिलो नेटवर्कबाट फाइदा लिन सक्ने उनको भनाइ छ । ‘यो साझेदारीले आफ्नो मेहनतको कमाइ नेपालका परिवारहरूलाई घर फर्काउनको लागि भरपर्दो र सुरक्षित प्लेटफर्म प्रदान गर्नेछ,’ उनले भने ।

नेपाली आप्रवासीहरूले मुथुट फिनकर्प लिमिटेडको ३६०० भन्दा बढी शाखामध्ये कुनै पनि शाखाबाट नेपालमा रहेका आफ्ना परिवारलाई तत्काल पैसा पठाउन सक्नेछन ।
नेपालमा आउने कुल रेमिट्यान्सको १५ प्रतिशत भारतको हुने अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय