काठमाडौं– एनआइसी एसिया बैंकको मोबाइल बैंकिङ एपबाट नेपाल क्लियरिङ हाउसको नेपाल पेको क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ ।

सोसम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

अब एनआइसी एसिया मोब्यांक प्रयोगकर्ताले नेपालका विभिन्न स्थानका मर्चेन्टहरूसँग रहेको नेपाल पेको क्युआर स्क्यान गरी सहज रुपमा भुक्तानी गर्न सक्ने बताइएको छ ।

नेपालमा पछिल्लोपटक डिजिटल कारोबार बढिरहेको परिप्रेक्षमा नेपाल पेसँगको सहकार्यबाट डिजिटल कारोबारलाई थप नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय