काठमाडौं– आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंकबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंकका सहायक महाप्रबन्धक आकाशबिक्रम थापाले हस्ताक्षर गरेका छन् ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट बिवाईडी ब्रान्डका सवारी साधनको बीमा गरेका ग्राहकले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधन क्षति भएमा नक्सालस्थित साइमेक्स इंकको सहकार्यमा विभिनन सेवा सहज रुपमा प्राप्त गर्न सक्ने गरी यो सेवा सुरु गरिएको छ ।

साइमेक्स इंकबाट बिक्री वितरण हुने बिवाइडी ब्रान्डका सम्पूर्ण सवारी साधनको बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्ने र बीमापश्चात कुनै पनि दुर्घटनामा परी क्षति भएमा सोको सहज र सरल तरिकाबाट नगद रहित दाबी भुक्तानी गर्ने गरी दुवै कम्पनीबीच सम्झौता भएको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीबाट बीमा भएको चारपांग्रे निजी सवारी साधन दुर्घटनामा परी क्षतिग्रस्त भई मर्मतसम्भार गर्नुपर्ने भएमा साइमेक्स इंकको मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारी साधन मर्मतसम्भारको लागि लगिएमा सो मर्मतसम्भार बापत लाग्ने खर्च बीमा कम्पनीले साइमेक्स इंकलाई सिधै भुक्तानी गरी लामो दाबी प्रक्रियालाई सहज, सरल र झन्झटमुक्त बनाउने उद्देश्यले यो सम्झौता बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय