काठमाडौं– जनकल्याण प्रतिष्ठानद्वारा सञ्चालित एकल विद्यालय अभियानको राष्ट्रिय योजना बैठक काठमाडौंमा सुरु भएको छ ।

शुक्रबार काठमाडौंको न्युरोडस्थित मारवाडी सेवा समितिको सभाहलमा आयोजित बैठकको उद्घाटन सत्रमा जनकल्याण प्रतिष्ठानका राष्ट्रिय अध्यक्ष ओमप्रकाश सर्राफ, कार्यकारी अध्यक्ष विनोद पोद्दार, महासचिव महावीर घिराइया, प्रमुख अतिथि वास्तुविद् एवं नेपाल शिक्षण परिषद्का महासचिव डा. वासुदेवकृष्ण शास्त्री, विशिष्ट अतिथि हिन्दू स्वयम् सेवक संघका राष्ट्रिय प्रचारक माननीय वेदप्रकाश, वरिष्ठ समाजसेवी विमल केडिया अतिथिगण राष्ट्रिय नगर महिला समिति अध्यक्ष श्रीमती विमला बागडिया, मारवाडी सेवा समितिका अध्यक्ष कैलाश गोयलसहित संस्कारमूलक अनौपचारिक शिक्षाको माध्यमले देशका करिब ५४ जिल्लाका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको यस अभियानसँग सम्बद्ध करीब २०० अभियान्ताको उपस्थिति रहेको बताइएको छ ।

उद्घाटन सत्रमा संगठनको परिचय गराउँदै अभियानका संगठन सचिव प्रल्हाद कुमारले अभियानको स्थापना, उद्देश्य एवं कार्यशैलीबारे प्रकाश पारेका थिए ।

दुई दिन चल्ने बैठकमा एकल विद्यालय अभियानले सञ्चालन गर्दै आएको विभिन्न कार्यक्रमअन्तर्गत एक वर्षभर सम्पन्न भएका गतिविधि र आगामी वर्षको कार्ययोजनाबारे विस्तृत छलफल हुने अभियानका राष्ट्रिय अभियान प्रमुख अरविन्द साहले बताए ।

आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि डा. वासुदेवकृष्ण शास्त्रीले एकल अभियान सामान्य अभियान नभई राष्ट्रलाई परम् वैभवको स्थितिमा पुर्याउने उद्देश्यले सामान्य व्यक्तिद्वारा सञ्चालित असामान्य अभियान भएको बताए । यस अभियानको लक्ष्य प्राप्तिका निम्ति सबैको हातेमालो आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय