काठमाडौं– एनआइसी एसिया बैंकले दसैंको उपलक्षमा दराज ई–कमर्सबाट अनलाइन किनमेल गर्ने ग्राहकलाई आकर्षक छुट प्रदान गर्न दराजसँग सम्झौता गरेको जनाएको छ ।

भदौ २९ देखि असोज ११ सम्म लागू हुने यो योजनाअनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा दुई हजार रुपैयाँसम्म छुट उपलब्ध हुने बैंकको विज्ञप्तिमा उल्लेख छ । क्रेडिट कार्डमार्फत खरिद गर्दा २० प्रतिशत वा २५ सय रुपैयाँसम्म छुट उपलब्ध हुने बताइएको छ ।

चाडपर्वलाई लक्ष्य गरेर बैंकले आफ्ना ग्राहकलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न दराजसँगको सहकार्यमा यस्तो योजना ल्याएको जनाएको हो । आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिएका उक्त बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ एपमा रहेको आइसर्भमार्फत एवं एपमार्फत सोझै सहज रुपमा आफ्नो कार्डमा ई–कमर्स सुचारु गरी यो योजनामा भाग लिन सक्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय