काठमाडौं– एनआइसी एसिया बैंकले दसैं, तिहार, छठलगायत पर्वको अवसर पारेर दसैं–तिहार महोत्सव योजना सार्वजनिक गरेको छ ।
उक्त योजनामार्फत भाटभटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्टका ५ वटा शाखालगायत दर्जनौं मर्चेन्टमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट प्राप्त हुने बैंकले जानाएको छ ।
योजनाअन्तर्गत २०७९ असोज १ देखि २०७९ कात्तिक १५ सम्म भाटभटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद गरी उक्त बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पिओएस भुक्तानी गर्दा बैंकको तर्फबाट १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट हुने बताइएको छ ।
सोही अवधिभर सेल्सबेरी, बिगमार्ट एवं साथीमार्टबाट सामान खरिद गरी बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पिओएस तथा मोबाइल बैंकिङमार्फत क्युआर भुक्तानी गर्दा १० प्रतिशत वा ३०० रुपैयाँसम्म छुट तथा क्यासब्याक उपलब्ध हुनेछ ।
उक्त बैंकमा खाता नभएका व्यक्तिले नेपालभरका भाटभटेनी सुपरमार्केट तथा सेल्सबेरी, बिगमार्ट र साथीमार्टका सीमित स्टोरमा रहने बैंकको स्टलमार्फत खाता खोली तत्काल डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा सुचारु गरी छुट तथा क्यासब्याकको फाइदा उठाउन सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी विभिन्न अनलाइनमार्फत किनमेल गरी ई–कमर्स भुक्तानी गर्दा तथा अन्य विभिन्न सपिङ स्टोरमा किनमेल गरी कार्ड एवं क्युआर भुक्तानी गर्दासमेत आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था रहेको बैंकले जनाएको छ ।
किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकलाई प्रोत्साहन गर्न विभिन्न सामग्री खरिद गरी बैंकको कार्डमार्फत ई–कमर्स तथा पिओएस भुक्तानी एवं एनआइसी एसिया प्रयोगकर्ताले क्युआर भुक्तानी गर्दा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरेको हो ।
आफ्नो कार्डमा ई–कमर्स भुक्तानी सुविधा नलिएका बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ एपमा रहेको आइसर्भमार्फत एवं एपमार्फत सोझै सहज रुपमा आफ्नो कार्डमा ई–कमर्स सुचारु गरी योजनाको फाइदा उठाउन सक्ने बैंकको भनाइ छ ।









