काठमाडौं– एनएमबी बैंकले नेपाली बैंकिङ जगतमै पहिलोपटक स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवर्द्घन र प्रोत्साहन हुने गरी प्लास्टिकरहित बजारको आयोजना गर्न लागेको छ ।

एनएमबी बैंकले नेपालीहरुको महान चाड दसैं र तिहारलाई लक्षित गरी उक्त बजार आयोजना गर्न लागेको छ, जसमा ६० भन्दा बढी स्टलहरु राख्ने जानकारी गराएको छ । एनएमबी बैंकले आफ्ना ग्राहकवर्गलाई कर्जा प्रदान गर्ने मात्र नभई ग्राहकको उत्पादनलाई बजारमा प्रवर्द्घन गर्न सहज होस् भन्ने उद्देश्यका साथ सम्पूर्ण आवश्यक सामग्रीहरु एकै स्थानमा उपलब्ध हुने गरी यस बजार आयोजना गर्न लागेको हो ।

बजारमा जुत्ता, लताकपडा, चिया, केक, ह्यान्डीक्राफ्ट, साबुन, सर्फ, झोलालगायत दैनिक जीवनमा आवश्यक सामान क्युआर वा पोसमार्फत सहुलियत मूल्यमा खरिद गर्न सकिने जानकारी गराइएको छ । एनएमबी बैंकले यही असोज ८ गते शनिबारको दिन सानेपास्थित हेरिटेज गार्डेनमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म आयोजना गर्ने उक्त बजारमा सम्पूर्ण महानुभावलाई आमन्त्रण समेत गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

एनएमबी बैंक दी फिनान्सियल टाइम्स, लन्डनको द ब्यांकर पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दी इयर एसिया २०२१ बाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफ दी इयर नेपालबाट सम्मानित भइसकेको छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय