काठमाडौं– भारतीय कमेडियन राजु श्रीवास्तवको केही बेरअघि निधन भएको छ । ५८ वर्षीय श्रीवास्तवको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा निधन भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

राजुका भतिज कुनाल श्रीवास्तवले राजुको निधन पुष्टि गरेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । राजु ४१ दिनदेखि सो अस्पतालमा उपचाररत थिए । पछिल्ला दिनमो उनको स्वास्थ्यमा सुधार देखिए पनि चिकित्सकहरुले उनलाई बचाउन सकेनन् ।

सन् २००५ मा द ग्रेट इन्डियन लफर च्यालेन्ज नामको स्ट्यान्डअप कमेडी सोको पहिलो सेसनमा सहभागी भएपछि राजु चम्किएका थिए । उनले मैने प्यार किया, आम्दानी अठन्नी खर्च रुपैया, मैं प्रेमकी दिवानी हुँलगायत सिनेमामा पनि अभिनय गरेका छन् । उनी फिल्म डेभलपमेन्ट काउन्सिल उत्तर प्रदेशका अध्यक्ष पनि भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय