काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दसैंको बिदामा पनि ग्राहकको जिज्ञासा तथा गुनासो सुनुवाइका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने जानकारी दिएको छ ।

कम्पनीले आफ्नो कल सेन्टर दसैंको बिदा अवधिमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्ने विज्ञप्तिमार्फत जानकारी गराएको छ । दसैंको टिकाको दिन भने कल सेन्टर बन्द रहनेछ ।

ग्राहकले उक्त कल सेन्टरमा कल, इमेल, ह्वाट्सएप, भाइबरमार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १८९ शाखा तथा उपशाखाबाट देशभर बीमासम्बन्धी सम्पूर्ण सेवा सरल र सहज किसिमले प्रदान गर्दै आइरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय