काठमाडौं– राजधानी उपत्यकामा आज दिनभर वर्ष हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण दसैंमा टीका थाप्न मान्यजनकहाँ जान तथा मानिसलाई आवतजावतमा निकै कठिनाइ भइरहेको छ ।

रातिदेखि काठमाडौं उपत्यकामा पानी परिरहेको छ । उपत्यकामा गएको २४ घण्टामा २२.४ मिलिमिटर पानी परेको छ । मौसमविद् मञ्जु बासीका अनुसार आज दिनभर पानी पर्नेछ ।

‘काठमाडौं उपत्यकामा आज दिनभर लगातार मध्यम खालको वर्षा हुन्छ,’ उनले भनिन्, ‘३-४ बजेतिर पानी केही कम भए पनि दिनभरी नै पानी पर्नेछ ।’ काठमाडौं उपत्यकामा शनिबार विहानदेखि मात्र वर्षा कम हुँदै जानेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय