ओखलढुंगा– ओखलढुंगा उद्योग वाणिज्य संघले तोकिएको समयमै कर तिरेर जरीवानाबाट बच्न सदस्यहरुलाई आग्रह गरेको छ ।

संघले जिल्लाभर उद्योग व्यवसाय सञ्चालन गरेर बसेका उद्योगी व्यवसायीलाई वार्षिक कर तिर्न बाँकी भए असोज मसान्तभित्र कर बुझाएर जरिवानाबाट बच्न सुझाएको हो ।

‘कतै वार्षिक कर तिर्न छुट्नु भएको त छैन ? यदि छुट्नुभएको छ भने यही असोज मसान्तभित्र कर तिर्नु भई जरिवानाबाट बच्नुहोस्,’ संघले सूचनामा भनेको छ ।

कर तिर्नको लागि करदाता सेवा कार्यालय ओखलढुंगा वा ओखलढुंगा उद्योग वाणिज्य वा संघबाट सञ्चालित करदाता सहायता कक्षमा सम्पर्क राख्न पनि संघले सुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय