काठमाडौं– विगत २८ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडका शाखामार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रम सम्पन्न भएका छन् ।
बैंकको कमाने शाखाले मकवानपुर जिल्लाको पुरानो अस्पताल, हेटौंडा अस्पताललाई कुर्सी हस्तान्तरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ । हेटौंडा अस्पतालको नवनिर्मित भवनमा सेवा लिन आउने बिरामीलाई सहज होस् भनेर कुर्सी प्रदान गरिएको हो ।
साथै बैंकको आबँुखैरेनी शाखाद्वारा आआँबुखैरेनी–६ स्थित आँबुखैरेनी क्याम्पसलाई पंखा हस्तान्तरण गरिएको छ । क्याम्पस प्रांगणमा आयोजित एक विशेष कार्यक्रमबीच बैंकले त्यहाँ अध्ययनरत विद्यार्थीको पठनपाठन वातावरणमा सहजताका लागि १५ थान पंखा हस्तान्तरण गरेको हो ।
त्यसैगरी बैंकको नारायणगढ शाखाले भरतपुर महानगरपालिका वडा नं २ आँपटारी, मिलनटोलमा अवस्थित शिवालय मन्दिरलाई कुर्सी हस्तान्तरण गरेको छ । मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी र मन्दिर परिसरमा बिहान, दिउँसो र साँझमा घुम्न आउने जेष्ठ नागरिकलाई आराम गर्न सहयोग होस् भन्ने हेतुले बैंकले ती कुर्सीहरु मिलन टोल विकास संस्थालाई प्रदान गरेको हो ।
त्यसैगरी बैंकको मैतिदेवी शाखाले काठमाडौं महानगरपालिका वडा नं ३० स्थित मैतिदेवी मन्दिरमा सीसी क्यामेरा जडान गरिएको छ । मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी र मन्दिर परिसरको सुरक्षाका निम्ति बैंकले मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिसँग समन्वय गरी २ थान सीसी क्यामेरा जडान गरेको हो ।
आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्ने बैंकको विज्ञप्तिमा उल्लेख छ ।









