काठमाडौं– बैंक अफ काठमाण्डू (बिओके) ले तुलनात्मक रुपमा आकर्षक लाभांश घोषणा गरेको छ ।
आइतबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ सम्मको सञ्चित मुनाफाबाट २०.९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
ग्लोबल आइएमई बैंकसँग मर्ज हुने तयारीमा रहेको बिओकेले घोषणा गरेको लाभांश अहिलेको सन्दर्भमा आकर्षक हो । बैंकको विगतमा डुबेको रकम चीनबाट फिर्ता आएपछि लाभांश क्षमता बढेको थियो । बैंकले एक अर्बभन्दा बढी डुबेको रकम फिर्ता पाएको थियो ।
बैंकले कर सहित १४.९५ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृति दिएर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।









