काठमाडौं– निर्जीवन बिमा कम्पनी नेपाल इन्स्योरेन्स कमपनी लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई बोनस सेयर दिने भएको छ ।
शुक्रबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.४२११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव आगामी साधारण सभामा लैजाने निर्णय गरेको हो ।
बिमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीको खातामा बोनस सेयर आउने छ ।









