काठमाडौं– सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

गत शुक्रबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर बराबर नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कर प्रयोजनका लागि बैंकले ०.९८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

बैंकको चुक्ता पुँजी ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार रुपैयाँ छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।

अघिल्लो वर्ष यो बैंकले १७ प्रतिशत बोनस सेयर ०.८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । को आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय