काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३७ करोड ८६ लाख ७९ हजार नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको तीन महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार यो गत आवको सोही अवधिको तुलनामा ५६.४६ प्रतिशतले बढी हो ।

बैंकले गत आवको सोही अवधिमा २४ करोड २० लाख २७ हजार नाफा कमाएको थियो ।

निफ्राको नियामकीय समायोजन (रेगुलेटरी एड्जस्टमेन्ट) पछिको नाफा भने २९ करोड ८५ लाख ७७ हजार छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.५८ प्रतिशत अर्थात् १० करोड ७९ लाखले बढी हो ।

पूर्वाधारमा लगानी गर्ने उद्देश्यले स्थापित बैंकले समीक्षा अवधिमा ६५ करोड ५७ लाख खुद ब्याज आम्दानी गरेको छ । समीक्षा अवधिमा बैंकसँग नगद वा नगदसरहको सम्पत्ति रु ३ अर्ब ७९ करोड ५८ लाख १२ हजार छ भने नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात ३८ करोड ९० लाख ८५ हजार छ ।

त्यस्तै निफ्राले आफ्ना ग्राहकलाई दिएको कर्जा तथा सापटी १७ अर्ब ८१ करोड ६ लाख १३ हजार छ । बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड छ भने कूल सम्पत्ति २४ अर्ब ८४ करोड २४ लाख ७५ हजार छ । वित्तीय विवरणअनुसार बैंकको प्रतिशेयर आम्दानी ७.०१ छ ।

आर्थिक वर्ष २०७७–७८ को तुलनामा आव २०७८–७९ मा बैंकको खुदा मुनाफा २२ दशमलव १० प्रतिशतले बढेर १ अर्ब २ करोड २५ लाख ५८ हजार पुगेको छ । गत आवमा बैंकको सञ्चालन खर्च १२६ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा २३ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय