काठमाडौं– प्रतिनिधिसभाको प्रमुख प्रतिपक्ष नेकपा एमालेले श्रमिकको न्यूनतम ज्याला मासिक २५ हजार रुपैयाँ पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ । आगामी निर्वाचनको लागि सार्वजनिक घोषणापत्रमा एमालेले आफ्नो पार्टीले सरकार बनाउन पाए अधिकांश श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने पनि बताएको छ ।
औपचारिक क्षेत्रका सबै र अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने भोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रमा भनिएको छ, ‘स्वदेश तथा विदेशमा, ज्याला रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिनेछ । श्रमिकहरूको न्यूनत्तम ज्याला मासिक २५ हजार रुपैयाँ पुर्याइनेछ ।’









