काठमाडौं– महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले महालक्ष्मी मोबाइल एप प्रयोगकर्ताका लागि महालक्ष्मी बैंक २, ३, ४ को जादु योजना सञ्चालनमा ल्याएको छ ।

यस योजनाअन्तर्गत महालक्ष्मी मोबाइल एप प्रयोग गरी दुई महिनासम्म तीनवटा कारोबार गर्ने ग्राहकमध्ये भाग्यशाली चार ग्राहकले स्मार्टफोन प्राप्त गर्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ । बैंकले यस योजना हालसम्म महालक्ष्मी मोबाईल एप प्रयोग नगरेका ग्राहकलाई लक्षित गर्दै नोभेम्बर १, २०२२ देखि डिसेम्बर ३१, २०२२ सम्म सञ्चालन गर्न लागेको बताएको छ ।

ग्राहकले दुई महिनासम्म तीनवटा कारोबार गर्दा कारोबार रकम न्यूनतम सय रुपैयाँ वा सोभन्दा माथि साथै कम्तीमा पनि एउटा कारोबार मोबाइल टपअपको हुनुपर्ने बैंकले जनाएको छ ।

विगतदेखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको दाबी गरेको उक्त बैंकले आम ग्राहकको बैंकिङ आवश्यकता तथा अपेक्षालाई मध्यनजर गर्दै डिजिटल बैंकिङका साथसाथै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्घता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय