काठमाडौं– बैंकहरुले गरेको ब्याजदर वृद्धिविरुद्ध उपत्यकाका व्यवसायीले विरोध प्रदर्शनको तयारी गरेका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अनुसार उपत्यकाभित्रका सबै जिल्ला, नगर उद्योग वाणिज्य संघ तथा वस्तुगत संघहरुको संयुक्त आह्वानमा शुक्रबार माइतीघर मण्डलामा विरोध प्रदर्शन हुन लागेको हो ।

अर्थतन्त्रलाई नकारात्मक असर पार्ने खालका गतिविधिविरुद्ध राज्यलाई सचेत गराउन र नियामक निकायबाट अनुपयुक्त निर्णय संशोधन गर्न ध्यानाकर्षण गराउने उद्देश्यले शान्तिपूर्ण प्रदर्शन गर्न लागिएको संघले जनाएको छ ।

प्रदर्शन बिहान ११ बजेदेखि १२ बजेसम्म हुने संघले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय