काठमाडौं– बिमा समिति आजदेखि नेपाल बिमा प्राधिकरण बनेको छ । नयाँ ऐन लागू भएपछि समिति प्राधिकरणमा रुपान्तरण भएको हो । ऐनमा साबिकको बिमा समिति नै ऐन कार्यान्वयनमा आएको दिनबाट बिमा प्राधिकरण हुने उल्लेख छ ।
कुपण्डोलस्थित बिमा समितिको भवनमा नेपाल बिमा प्राधिकरणको औपचारिक रूपमा सुरूआत गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत असोज २२ गते बिमा विधेयक प्रमाणीकरण गरेकी थिइन् । सोको एक महिनापछि ऐन कार्यान्वयन हुने प्रावधानअनुसार मंगलबारबाट लागू भएको हो ।
नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरण कार्यालयको शुभारम्भ गरेका हुन् ।









