काठमाडौं– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत देशभर मतदान भइरहेको छ । दिउँसो साढे बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको र पुनः मतदान सुरु गर्ने प्रयास भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० सदस्य चयनका लागि मतदान भइरहेको छ । त्यसैगरी समानुपातिकतर्फ प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २२० सदस्य निर्वाचित हुनेछन् ।

यो चुनावका लागि १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता छन् । मतदानमा भने निकै कमको मात्रै सहभागिता देखिएको छ ।

निर्वाचन आयोगका अनुसार मतदानका लागि १० हजार ८ सय ९२ मतदान स्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र निर्माण गरिएको छ ।

यसैबीच दोलखाको सात ठाउँमा निर्वाचनका क्रममा झडप भएको खबर छ । स्थिति नियन्त्रणमा लिन २६ राउन्ड हवाई फायर गर्नुपरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय