बैतडी– प्रहरी चढेको जिप दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटना हुँदा उक्त हताहती भएको हो ।

जिपमा मतपेटिका पुर्याएर फर्कंदै गरेको नेपाल प्रहरीको टोली रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । दुर्घटनामा तीन जनाको मृत्युु भएको खबर आएको र उद्धार जारी रहेको उनले जानकारी दिए । उनी आफैं पनि दुर्घटनास्थलतर्फ गइरहेको पन्थीले जानकराी दिए ।

जिप सडकबाट करिब तीन सय मिटर तल खसेको बताइएको छ । रातभरि मतपेटिका ढुवानी गरेका चालक निदाएर दुर्घटना भएको आशंका गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय