काठमाडौं– बिग डिजिटल स्टोरको साइबर विक अफरमा स्मार्ट चोइस टेक्नोलोजिज (एससिटी) को स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा भारी छुट प्राप्त गर्न सकिने अफर सार्वजनिक गरिएको छ ।
यही मंसिर १३ गतेबाट शुरु भएको साइबर विक नामक अफरमा ग्राहकहरुले बिग डिजिटल स्टोरमा ५० प्रतिशतसम्म छुटमा ल्यापटप, मोबाइल र अन्य सामान खरिद गर्न सक्ने बताइएको छ ।
आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकले थप १० प्रतिशत छुट प्राप्त गर्ने बताइएको छ । यस्तो छुट एक हजार रुपैयाँसम्म हुनेछ । ग्राहकले सो अफर बिग डिजिटलको स्टोरहरुमा मात्र पाउन सक्ने बताइएको छ ।









