काठमाडौं– राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासका बस्ती नहटाउन निर्देशन दिएको छ ।

अधिकारसम्पन्न बाग्मती सभ्यताको आग्रहमा काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रबाट सुकुमबासी बस्ती हटाउने पहल गरिरहेका बेला आयोगबाट यस्तो निर्देशन आएको छ ।

आयोगले शुक्रबार एक सूचना प्रकाशित गरी भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासका बस्ती हटाउने तथा असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न स्थानीय तहलाई निर्देशन दिएको हो ।

आयोगले भूमिहीन सुकुमबासीको लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नाप जाँच र लालपुर्जा वितरण कार्य सम्पन्न नभएसम्मका लागि काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैरसरकारी निकायहरूलाई सुकुमबासी बस्ती नहटाउन भनेको छ ।

सुकुमबासी तथा भूमिहीनको लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नाप जाँच र लालपुर्जा वितरणलगायत काम निर्वाचन आचारसंहिताको कारण स्थगित भएको र अब तत्काल सुरु गरिने पनि आयोगले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय