काठमाडौं– काठमाडौं वेयरहाउस एन्ड डिस्ट्रिब्युसन सेन्टर (केडब्ल्युडीसी) ले निजी क्षेत्रको सहकार्यमा न्यून दरमा गोदाम, वितरण तथा अन्य सेवा सञ्चालनमा ल्याएको छ ।

काठमाडौं वेयरहाउस एन्ड डिस्ट्रिब्युसन सेन्टरले नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन ९नेफ्फा० र नेपाल कुरियर सेवा संघ ९कोसान० सँग समझदारी गरेको छ।

समझदारीपत्रमा नेफ्फाका अध्यक्ष मनोज अधिकारी र कोसानका अध्यक्ष देवेन्द्र खड्काले हस्ताक्षर गरेका छन् । ती संस्थाका सदस्यलाई वेयरहाउजिङ, वितरण तथा व्यावसायिक सेवाहरु न्यून दरमा उपलब्ध गराइने काठमाडौं वेयरहाउस एन्ड डिस्ट्रिब्युसन सेन्टरले जनाएको छ ।

यस समझदारीले नेपालको वेयरहाउजिङमा नयाँ आयाम ल्याउने अपेक्षा गरिएको छ । यो समझदारीसँगै संस्थाका सदस्य कम्पनीहरुले तोकिएको न्यून दरमा गोदाम, वितरण तथा अन्य सेवा उपयोग गर्न सक्नेछन् । शुक्रबार हस्ताक्षर गरिएको सो सम्झौतापत्रका अनुसार केडब्ल्युडीसीले संकलन गरेको शुल्कको केही हिस्सा साझेदार संस्थाहरुलाई फिर्ता गरिनेछ र जसबाट उनीहरुले विभिन्न विकासका कार्यहरु गर्न सक्नेछन् । यसले दुवै पक्षलाई लाभ मिल्ने अपेक्षा गरिको कोसानका अध्यक्ष देवेन्द्र खड्काले बताए ।

यो कम्पनी थानकोट चेकपोस्टनजिकै नेपाल आयल निगमको डिपो जाने सडकमा छ । हाल १२ रोपनी जग्गामा फैलिएको यो सेन्टरले प्रशिक्षित कर्मचारीबाट श्रम सेवा, फोर्कलिफ्ट, क्रेन सुविधा, प्यालेटाइजेसन सेवा, हप्ताको सातै दिन चौविसै घण्टा सुरक्षा, रिसिभिङ, अनलोडिङ, लोडिङ, भण्डारण, प्रेषणलगाएत गोदाम–देखि–गेटसम्म ढुवानी सेवा प्रदान गर्ने जनाएको छ ।

सो सेन्टरको निर्देशकहरुमा किरण थापा, चिनपाल रौनियार, रोहित रौनियार, अञ्जिरमान प्रधान र दिनेश कुमार श्रेष्ठ रहेका छन् । काठमाडौँ, भक्तपुर र ललितपुर तथा काभ्रेलाई आधार मानेर यस प्रकारको गोदाम तथा वितरण केन्द्र स्थापना गरेको कम्पनीले जनाएको छ । यस्तै, यो सेवाले गोदाम तथा लोड अनलोडमा देखिएका समस्या समाधान गर्नमा सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।

केडब्ल्युडीसीमा भण्डारण, लजिस्टिक तथा इन्भेन्ट्री व्यवस्थापन, सामानको परिमाणको आधारमा भाडा, क्षेत्रको आधारमा भाडा, खुद्रा सामानको आधारमा भाडा, बीमा र दाबी टुंग्याउनमा सहायता, प्रशिक्षित व्यावसायिक कर्मचारी, लोडिङ, अनलोडिङ, वेयरहाउसिङ र स्ट्याकिंग उपकरण र सुविधाहरू, प्याकेजिङ, पुनःप्याकेजिङ र मूल्य अभिवृद्धि, आंशिक वा पूर्ण डेलिभरी, दिइएको मागनिर्देशन वा विक्रेताको आवश्यकताअनुसार भण्डारण र इन्भेन्ट्री व्यवस्थापन, आयात र निर्यातका लागि लिफ्टिङ र सिफ्टिङ सेवा तथा चौबिसै घण्टा सीसीटीभीको निगरानी छ ।

सामानको रियल टाइम अराइभल र डिस्प्याच तथा डब्लयुएमएसको प्रयोगद्धारा बार कोडिङ र लेबलिङ, स्टकको उपलब्धता र उत्पादन विवरणहरूको लागि डब्ल्युएमएसमा पहुँच (इन्भेन्ट्री म्यानेजमेन्ट), इन्भ्वाइसको सफ्ट प्रतिलिपि अपलोड गर्न सकिने तथा डेलिभरी नोट डाउनलोड गर्न सकिने र भीसीटीएस सेवा समेत उपलब्ध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय