काठमाडौं– चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई बोनस सेयर र नगद लाभांश दुवै दिने भएको छ ।

चुक्ता पुँजीको १५ प्रतिशत प्रतिफल घोषणा गरेको चिलिमेले नगद र बोनस सेयर आधा आधा दिने घोषणा गरेको छ ।

यसका सेयरधनीले अब ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश पाउनेछन् । मंगलबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २२ गते २६औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस ३ गते बुक क्लोज गर्नेछ । गत आर्थिक वर्षमा पनि कम्पनीले सोही दरमा लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय