काठमाडौं– प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड २०७९ मंसिर २८ गते बुधबारबाट छैटौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमको आयोजनाका साथ छैटौं वार्षिकोत्सव सम्पन्न गरेको छ ।

यसै उत्सव पारेर कम्पनीले वार्षिक रुपमा सञ्चालित संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो वर्ष पनि निम्न आयस्तर भएका अभिभावकका बालबालिकाको उज्ज्वल भविष्य (शिक्षा) का लागि यथासक्य योगदान गर्ने कार्यक्रममा सहयोग गरेको छ ।

सो उद्देश्यअन्तर्गत कम्पनीले नेपालका ७७ जिल्लामा ८४ विद्यालय सञ्चालन गरिरहेको गैरनाफामूलक गरैसरकारी संस्था समता शैक्षिक गुठीलार्ई पाँच लाख रकम सहयोग प्रदान गरेको छ ।

समता शैक्षिक गुठीअन्तर्गतको समता विद्यालय, जोरपाटीमा २०७९ मंसिर २८ गते बुधबार उक्त गुठीका कार्यकारी निर्देशक दिपक सञ्जेल, विद्यालयका प्राचार्य अजय अधिकारी (सुशील), शिक्षक शिक्षिका, विद्यार्थी तथा अन्य कर्मचारीको उपस्थितिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सहयोग रकम हस्तान्तरण गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेलगायत उच्च व्यवस्थापकको उपस्थिति रहेको थियो ।

गत वर्ष पनि कम्पनीले समता शैक्षिक गुठीलार्ई पाँच लाख रुपैयाँ सहयोग गरेको थियो । यस गुठीले सञ्चालन गरेको शैक्षिक संस्थामा न्यूनतम रकम (मासिक १०० रुपैयाँ) मै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र सो संस्थालाई आर्थिक अभाव रहेको आशयपत्रका आधारमा प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक सहयोगलाई निरन्तरता दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रसाईले बताए ।

न्यून आय भएका अभिभावकका बालबालिकालाई अति न्यून रकममा गुणस्तरीय शिक्षा प्रदान गर्न समता शैक्षिक गुठीले गरेको कार्यलाई सबै क्षेत्रबाट साथ सहयोगको आवश्यकता रहेको गुठी सञ्चालक सदस्य दिपक सञ्जेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय