काठमाडौं– कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा दिने उद्देशयले एससीटी–युपीआई डेबिट कार्ड सेवा सुरु गरेको छ । बैंकले पुस १ गते शुक्रबारबाट औपचारिक रुपमा एससीटी–युपीआई डेबिट कार्डसेवा सुरु गरेको जानकारी गराएको छ ।

बैंकका नायब महाप्रबन्धक लालबहादुर थिङ र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले संयुक्त रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवाको अनावरण गरी सेवा शुभारम्भ गरेका थिए ।

यसपछि स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच एससीटी–युपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य भएको छ । बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय