काठमाडौं– नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले बढेको छ ।
शुक्रबार प्रतितोला एक लाख तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख पाँच सय रुपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ । यसको मूल्य अघिल्लो दिन ९९ हजार आठ सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ९० रुपैयाँ कायम रहेकोे महासंघले जनाएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार सात सय ९८ दशमलव ५८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।









