काठमाडौं– नेपाली बजारमा पहेँलो धातु सुनको मूल्य १०१ हजारभन्दा माथि पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य प्रतितोला १०१ हजार १ सय रुपैयाँ तोकेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ७ सयमा कारोबार भएको सुनको मूल्य बुधबार प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार बुधवार तेजाबी सुनको मूल्य प्रतितोला २ लाख ६ सय छ । यसको मूल्य अघिल्लो दिन १ लाख २ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० रुपैयाँले बढेर प्रतितोला रु १ हजार ४ सय पुगेको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८ सय ११.६ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय