काठमाडौं– नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ९०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख १ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख ६०० थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २० ले घटेर १ हजार ३ सय ८० मा कायम भएको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८०९.६२ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय