काठमाडौं– नेपाली बजारमा सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ तोकेको छ ।
मंगलबारको मूल्य सोमबारको तुलनामा तोलामा ९ सय रुपैयाँ बढी हो । साताको पहिलो दिन सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार भने मूल्य स्थिर थियो ।
चाँदीको मूल्य पनि सामान्य बढेको छ । मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ तोकिएको छ । यो अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढी हो ।
सोमबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ । मंगलबार सुन प्रतिऔंस १८४०.२५ डलर र चाँदी प्रतिऔंस २४.३८ डलरमा कारोबार भइरहेको छ ।









