काठमाडौं– बिहीबार सेयर बजार परिसूचक नेप्से १७.९२ बिन्दुले बढेको छ । दिनभर उतारचढाव भएको सूचक करिब १ प्रतिशतले वृद्धि हुँदा कारोबार रकम ५ अर्ब नाघेको छ ।

बिहीबार बजार बन्द हुँदा नेप्से २१४३.७६ बिन्दुमा पुगेको छ । बिहीबार बैंकिङ अन्य उपसमूहको सूचक घटेको र बाँकी उपसूचक बढेको नेप्सेको तथ्यांकले देखाउँछ । यस दिन बैंकिङ उपसमूह ०.३१ प्रतिशत र अन्य उपसमूह ०.८७ प्रतिशतले घटेको छ ।

बिहीबार नेप्सेमा कुल ५ अर्ब ४ करोड ७ लाख ४१ हजारको सेयर किनबेच भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ४३ करोड १९ लाख ६७ हजारको कारोबार भएको छ । यस्तै रिडी पावरको २१ करोड ४१ लाख ८ हजार र हिमाल दोलखा हाइड्रोपावरको ११ करोड ८४ लाख ७९ हजारको कारोबार भएको छ ।

२१३ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १४७ को मूल्य बढेको छ । त्यस्तै ६२ कम्पनीको सेयरमूल्य घटेको र ४ कम्पनीको स्थिर रहेको देखिन्छ । ५ कम्पनीको सेयरमूल्य १० प्रतिशत र २ कम्पनीको ९.९७ प्रतिशतले बढेको छ । मनाकामना स्मार्ट लघुवित्त र नारायणी डेभलपमेन्ट बैंकको मूल्य घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय