काठमाडौं– नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन हजार तीन सय तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक हजारले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार आठ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख एक हजार आठ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार तीन सय ८० पुगेको महासंघले जनाएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।









