काठमाडौं– युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (युआरएस)ले हालै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा निरीक्षण सम्पन्न गरी कम्पनीलाई आइएसओ ९००१ः२०१५ प्रदान गरेको छ ।
उक्त मापन कम्पनीको व्यवस्थापन पक्ष, कर्मचारी सुशासन र कम्पनीले सेवाग्राहीमाझ पुर्याउँदै आएको सेवा सुविधाको गुणस्तरको आधारमा गरिएको कम्पनीले बताएको छ । सूर्यज्योति लाइफले २०२३ जनवरी ४ मा आधिकारिक आइएसओ प्रमाणपत्र प्राप्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
अब आफ्नो कार्यविधि र प्रविधिमा परिमार्जन र थप सुदृढ गर्दै बीमितलाई सेवा सुविधा थप सबल र सहज पार्दै जाने कुरामा विश्वस्त रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले बताए ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले देशभर १८१ शाखाबाट सेवा प्रदान गरिरहेको छ । कम्पनीले बीमितहरुको आवश्यकता र चाहनालाई मनन गर्दै समयसापेक्ष सेवालाई अझ परिष्कृत गर्दै लैजाने पनि उनले बताएका छन् ।









