काठमाडौं– आइतबार काठमाडौंंबाट पोखरा गएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । उक्त जहाज अवतरणको क्रममा पुरानो विमानस्थलनजिकै दुर्घटनामा परेको हो ।
६८ यात्रु र चालक दलका ४ सदस्य रहेको ९एन एएमसी कल साइनको उक्त जहाज काठमाडौंबाट १० बजेर ३३ मिनेटमा उडेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । दुर्घटनामा ज्यान गुमाएका ३२ जनाको शव निकालिएको उद्धारमा खटिएका सुरक्षा स्रोतले जानकारी दिएको छ । विमान सेती दोभानमा खसेको थियो ।









