काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार बिहान काठमाडौंबाट पोखरा गएको यती एयरलाइन्सको यात्रुवाहक जहाज दुर्घटनामा परेकोमा दुःख व्यक्त गर्दै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
उनले प्रभावकारी उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन पनि दिएका छन् । दुर्घटना र उद्धारको अवस्था बुझ्न प्रधानमन्त्री र गृहमन्त्री दुवैजना त्रिभुवन विमानस्थलको कन्ट्रोल रुपममा पुगेका छन् ।
आइतबार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको यतिको विमान पोखराको पुरानो विमानस्थल नजिकै नयाँ गाउँमा दुर्घटना भएको हो । उक्त विमानमा ६८ यात्रु र चार चालक दलका सदस्यसहित ७२ जना सवार थिए । दुर्घटनास्थलमा उद्धार कार्य जारी छ ।









