काठमाडौं– लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
संस्थाको माघ ४ गते बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
संस्थाको चुक्ता पुँजी ३८ करोड ४० लाख ५४ हजार रुपैयाँ छ । जस अनुसार उसले ७ करोड ६८ लाख १० हजार ८०० रुपैयाँ बराबर लाभांश वितरण गर्नेछ । घोषित लाभांशमा १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश हुनेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।









