काठमाडौं– सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गाभिएर बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ ।
सूर्यज्योतीले पुस ७ गतेबाट एकीकृत कारोबार शुरु गरेको थियो । मर्जर प्रक्रियाका क्रममा गत असार १३ देखि रोक्का रहेको सेयर कारोबार मर्जर सम्पन्न भई एकीकृत कारोबार सचालन भएपछि सेयर सूचीकरणसम्बन्धी प्रक्रिया पूरा गरेर फुकुवा गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
बुधबारबाट सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट सेयर कारोवार सुचारु भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । नेपाल स्टक एक्सचेन्जले यो कम्पनीको ओपनिङ मूल्य ३७१ रुपैयाँ ५९ पैसा तोकेको छ ।









