काठमाडौं– दुई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । स्वाभिमान लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । माघ ११ गते सम्पन्न सञ्चालक समित बैठकले लाभांश वितरणको निर्णय गरेको हो ।
स्वाभिमान लघुवित्तले सेयरधनीलाई २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तको चुक्ता पुँजी १२ करोड १७ लाख ८२ हजार १५० रुपैयाँ छ ।
साथै सबैको लघुवित्त वित्तीय संस्थाले १८ प्रतिशत बोनस र ०.९४ प्रतिशत नगद गरी १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसको चुक्ता पुँजी २७ करोड रुपैयाँ छ ।
दुवै लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।









