काठमाडौं– माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आजबाट सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ ।

जारी पुँजी १ अर्बको ३४ प्रतिशत बराबरको ३४ लाख कित्ता साधारण सेयरमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकिएको छ ।

२ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको र ४८ हजार कित्ता कर्मचारीलाई छुट्ट्याइएको छ । बाँकी १९ लाख ९२ हजार कित्ता सेयर प्रतिकित्ता १ सयका दरले सर्वसाधारणलाई निष्कासन गरिएको कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यही माघ १७ सम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा माग बमोजिम आवेदन नपरे माघ २७ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता खरिदका लागि आवेदन दिन सकिने छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी–आस्बा’ प्रणालीमार्फत र ‘मेरो सेयर’बाट आवेदन दिने सकिने जनाएको छ ।

कम्पनीले संखुवासभाको धर्मदेवी नगरपालिकाको माया खोलामा १४.९ मेगावाट क्षमताको मायाखोला जलविद्युत् आयोजना निर्माण गरेको छ ।

यसअघि यो समाचारको शीर्षक तथा पेटबोलीमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर खुलेको गलत व्यहोरा उल्लेख भएकोले सच्याइएको छ । यसबाट पाठकवर्गमा पर्न गएको असुविधाका लागि क्षमाप्रार्थी छौं
– सम्पादक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय