धनुषा– क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत फोडेर ६ जना थुनुवा फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हिरासतमा रहेका ७ जनामध्ये ६ जना गएराति फरार भएका हुन् ।

फरार हुनेमा दुईजना हातहतियार, तीनजना शान्ति सुरक्षा र अभद्र व्यवहार, तथा एकजना लागुऔषध मुद्दाका थुनुवा रहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिनुभयो । हिरासतमा एकजना सवारी दुर्घटनाको मुद्दाका थुनुवा मात्र बाँकी छन् ।

इलाका प्रहरीको भवन पुरानो एवं पछाडिपट्टिबाट जीर्ण रहेकाले फोडेर भाग्न सफल भएको क्षेत्रीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय