काठमाडौं– सखुवा, महेन्द्रनगर–८, धनुषाका राजिवकुमार पण्डितको विवाहमा साथीहरुले जीवन बीमा योजना उपहार दिएका छन् । प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेशकुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुल आलमले आफ्ना साथी राजिवकुमार पण्डितको यही फागुन १७ गते सम्पन्न भएको विवाहमा जीवन बीमा योजना उपहार दिएका हुन् । प्रभु लाइफ इन्स्योरेन्सको सम्बृद्ध जीवन बीमा योजना उपहार दिएको बताइएको छ ।

आफ्नो साथीको विवाहमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको शाखा प्रमुख सिंह र एजेन्सी म्यानेजर आलमले बताए । विवाहमा अन्य जिन्सी उपहार दिनुभन्दा जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्त्व राख्ने र नयाँ संस्कारको सुरुवात हुने विश्वास व्यक्त गरे । यसले विवाहकै दिन देखिनै निश्चिन्त भविष्य प्रदान गर्ने आशा लिएको बताए ।

वैवाहिक कार्यक्रममा स्थानीय, आफन्त, पाहुनाका साथै प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट सिनियर एजेन्सी म्यानेजर आलम र बर्दिबास शाखा प्रमुख सिंह एवं अभिकर्ताको उपस्थिति रहेको थियो । राजिवकुमार पण्डितको विवाह नेहा भारतीसँग भएको थियो । दुलाहा राजिवकुमार पण्डित ग्लोबल आइएमई बैंक कुमारीपाटी शाखामा कार्यरत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय