काठमाडौं– अघिल्लो पाँच कारोबार दिन लगातार घटेको सेयर बजारको अवस्था मापक नेप्से मंगलबार दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेनजका अनुसार नेप्से परिसूचक १४.४१ बिन्दुले बढेर १९५२.६६ मा पुगेको छ ।
आजको कारोबारपछि ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.५३ बिन्दुले बढेर ३७०.२४ कायम भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको सेयर मूल्य ओरालो लाग्दा ११ उपसमूहको सेयर मूल्य बढेको छ ।
आजको कारोबारपछि बजार पुँजीकरण २८ खर्ब २८ अर्ब ८२ करोड ५८ लाख ९८६ रुपैयाँ बराबर पुगेको छ । विभिन्न कम्पनीका ४० लाख ५९ हजार १४९ कित्ता सेयर १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँमा किनबेच भएको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा साल्ट टे«डिङ कर्पोरेशन शीर्षस्थानमा छ । यो कम्पनीको १२ करोड ७ लाख ८५ हजार ५०३ रुपैयाँ बराबरको कारोबार भयो । यस्तै हिमालयन डिस्टिलरी ९ करोड ३९ लाख ४४ हजार ५५९, छिमेक लघुवित्त ५ करोड ४५ लाख २० हजार ३३७, शिवम् सिमेन्ट ३ करोड ११ लाख ६ हजार ७३९ र एनआइसी एसिया बैंक ३ करोड २ लाख १९ हजार १८४ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार सुभम् पावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै सुपर मादी हाइड्रोपावर ९.९७, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो ८.०२, इमर्जिङ नेपाल ५.८० र स्वाभिमान लघुवित्तको शेयर मूल्य ५.२४ प्रतिशतले घटेको छ ।
त्यस्तै सिवाइसी नेपाल लघुवित्त ५.१८, नबिल इक्विटी फन्ड ३.८५, समिट लघुवित्त ३.४३, कुमारी धनवृद्धि योजना ३.०३ र सामलिङ पावर कम्पनीको सेयर मूल्य २.५३ प्रतिशतले घटेको छ ।









