काठमाडौं– गत वर्ष यही बेलातिर तल्लो बिन्दुमा ओर्लेर सबैलाई अत्याएको अमेरिकी डलर सञ्चिति यसपालि बढेर १० अर्ब ५० करोड अमेरिकी डलर बराबर पुगेको छ ।

गत असार मसान्तमा १२१५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.८ प्रतिशतले बढर माघ मसान्तमा १३८३ अर्ब ३३ करोड पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

अमेरिकी डलरमा भने विदेशी विनियम सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँगको सञ्चिति २०७९ असार मसान्तमा १०५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०७९ माघ मसान्तमा १६.२ प्रतिशतले बढेर १२२८ अर्ब ५ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग गत असार मसान्तमा विदेशी विनिमय सञ्चिति १५९ अर्ब ४१ करोड रहेकोमा माघ मसान्तमा २.६ प्रतिशतले घटेर १५५ अर्ब २८ करोड रुपैयाँ कायम भएको छ ।

२०७९ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.४ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ । चालु आर्थिक वर्ष २०७९–८० को सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले प्रस्ट पारेको छ ।

गत वर्ष यही बेला विदेशी विनिमय सञ्चिति तल्लो तहमा ओर्लिंदा सरकार र नेपाल राष्ट्र बैंकले आयात निरुत्साहित गर्ने नीति अवलम्बन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय