काठमाडौं– एनआइसी एसिया बैंकका ग्राहकले काठमाडौंको पशुपति प्लाजास्थित केसर स्विट्स एन्ड फुड्समा विभिन्न मिठाइका परिकार खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका छन् । सोको लागि बैंकले स्विट्ससँग समझदारी गरेको जनाएको छ ।
समझदारीपत्रमा बैंकको तर्फबाट लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्यामप्रसाद लामिछाने र केसर स्विट्स एन्ड फुड्सको तर्फबाट सह–संस्थापक प्रिया तयालले हस्ताक्षर गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
समझदारीअनुसार उक्त बैंकमा खाता सञ्चालन गरी मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहक र बैंकका कर्मचारीले केसर स्विट्स एन्ड फुड्समा विभिन्न मिठाइका परिकार खरिद गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।









