काठमाडौं– वाणिज्य बैंकहरुले वैशाख १ गतेदेखि लागू हुने निक्षेपको ब्याजदर कटौती गरेका छन् ।

बैंकर्स संघको बुधबारको बैठकले एकवर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा झार्ने निर्णय गरेको छ । संस्थागत निक्षेपकर्ताले मुद्दतीमा पाउने ब्याज दर ७.९९ प्रतिशतमा झार्ने सहमति भएको छ ।

बचतको ब्याजदर पनि ५.४ देिख ७.४ प्रतिशतमा झारेका छन् । कल डिपोजिटको ब्याज दर २.७ प्रतिशतमा झारेका छन् ।

अहिले कटौती गरिएको निक्षेपको ब्याजको असर बैंकहरुको आधार दरमा साउनदेखि पर्ने बताइएको छ । बचतको ब्याज दर तत्कालै घट्ने भएकाले आधार दर कम भएर नयाँ ऋणीलाई कम ब्याजमा कर्जा उपलब्ध हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय