काठमाडौं– विद्युतीय कारोबार प्रवर्द्धन गर्ने उद्देश्यले साथ स्मार्ट क्युआर ले बिग मार्ट संग सहकार्य गरि नयाँ वर्षको दिनमा सामान खरिद गरी स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ ।

यस छुट अफरअन्तर्गत ग्राहकहरुले सम्पूर्ण सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १५० सम्म छुट प्राप्त गर्न सक्ने बताइएको छ ।

स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकले बिग मार्टको सम्पूर्ण शाखामा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

यो अफरअन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एनआइसी एसिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एभरेस्ट बैंक, हिमालयन बैंक, पेवेल, रेमिट्याप, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आई क्यास तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

हरेक बुधबार र शनिवार तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत (अधिकतम १५० रुपैयाँ) सम्म छुटको अफर पनि कायमै रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय