काठमाडौं– आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले वालेट–टु–वालेट ट्रान्सफरलाई प्राथमिकता दिँदै तिमीलाई पनि, मलाई पनि नामक अफर सार्वजनिक गरेको छ ।
२०७९ चैत २९ देखि २०८० भदौ २६ सम्म चल्ने सो अफरमा ग्राहकवर्गले आइएमई पेमा वालेट–टु–वालेट ट्रान्सफर अर्थात आइएमई पे वालेटबाट आइएमई पे वालेटमै पैसा पठाउने वा पाउने सेवा प्रयोग गरी स्मार्टवाच जित्ने मौका पाउने बताइएको छ ।
सो अफर ५ महिनासम्म चल्ने र प्रत्येक महिनाको अन्त्यमा २ जना भाग्यशाली विजेता छानेर उपहार दिइने बताइएको छ ।
अफरअन्तर्गत पैसा पठाउने ग्राहकवर्गबाट एक जना तथा पैसा पाउने ग्राहकवर्गबाट एक जना विजेता गोलाप्रथाबाट छानिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
यस अफर अवधिभर वालेट–टु–वालेट ट्रान्सफर गर्ने ग्राहकहरुले पुरस्कार जित्न सक्ने बताइएको छ ।









