काठमाडौं– चालु आर्थिक वर्षको ९ महिनामा पौने २ खर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको गत साउनदेखि चैत मसान्तसम्मको तथ्यांक अनुसार २ सय १६ उद्योगका लागि १ खर्ब ८० अर्ब बराबरको लगानी प्रतिबद्धता आएको हो । उक्त तथ्यांकअनुसार हालसम्म दर्ता भएका उद्योगमम्ध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव साना उद्योगमा छ ।

चैतमा मात्रै स्वदेशी तथा विदेशी लगानीका ३३ वटा उद्योगका लागि २५ अर्ब ४४ करोड लगानी प्रतिबद्धता आएको हो । तथ्यांक अनुसार हालसम्म दर्ता भएका उद्योगले ६ लाख ७३ हजार ८ सय ६७ जनालाई रोजगारी दिने उल्लेख गरिएको छ । चैतमा प्रतिबद्धता आएका उद्योगले ३ हजार ६ सय १२ जनालाई रोजगारी दिने उल्लेख छ ।

यस्तै, ९ महिनामा २ सय ५३ वटा विदेशी लगानीका उद्योगका लागि ४१ अर्ब २१ करोड २४ लाख ३१ हजार ४४६ रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । जसमा चैतमा ८ अर्ब ९१ करोड १२ लाख ६४ हजार ६९० रुपैयाँ बराबर विदेशी लगानी प्रतिबद्धता भित्रिएकोे छ । विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा २ अर्ब ६४ करोड ९ लाख, भदौमा ३ अर्ब ४४ करोड ६५ लाख, असोजमा १ अर्ब ८५ करोड ४७ लाख र कात्तिकमा ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

यस्तैगरी, मंसिरमा ८० करोड ८ लाख, पुसमा ४ अर्ब ८५ करोड २० लाख, माघमा १ अर्ब ३९ करोड बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८–७९ को साउनमा ५ अर्ब ५३ करोड ५० लाख, भदौमा ६ अर्ब ३२ करोड, असोजमा ११ अर्ब ९६ करोड ५ लाख, कात्तिकमा ९८ करोड, मंसिरमा ५ अर्ब १५ करोड ५१ लाख, पुसमा ६१ करोड २० लाख, माघमा ५३ करोड ९५ लाख र फागुनमा २ अर्ब २३ करोड बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको नौ महिनामा करिब साढे १४ अर्ब नेपाली रुपैयाँ बिदेसिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांक अनुसार १३ अर्ब ७७ करोड ४४ लाख १० हजार ५ सय ५९ लाभाशंबापत रकम फिर्ताको सिफारिस भएको हो । विभागले नौ महिनामा रोयल्टीबापत २ अर्ब ११ करोड ६ हजार ६३४, १२ लाख ४५ हजार ९१ अमेरिकी डलर, ३० करोड ६२ लाख ९६ हजार ६०९ भारतीय रुपैयाँ र ७ हजार युरो विदेश लैजानका लागि विभागले सिफारिस गरेको छ । विभागले चैत महिनामा लाभाशंबापत रु तीन अर्ब १४ करोड ५३ लाख २२ हजार २३५ रुपैयाँ विदेश लैजान सिफारिस गरेको हो ।

यस्तै, रोयल्टीबापत चैत महिनामा २० करोड ६० लाख ९ हजार ५२६, ७३ हजार ३१३ अमेरिकी डबर, १५ लाख ४५ हजार ७८३ भारु फिर्ता लैजाने गरी स्वीकृति प्रदान गरेको हो । यस्तै, चालु आवको ९ महिनामा विभागले व्यवसायी भिसा अन्तरगत एक हजार २२४ जना लगानीकर्ता, १८६ जना प्रतिनिधि र ५२४ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ ।

चैत महिनामा मात्रै विभागले १६६ लगानीकर्ता, ४५ प्रतिनिधि र १४२ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । विभागले सिफारिस गरेपछि नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिएपछि मात्र नेपाली रुपैयाँ विदेश लैजान पाइन्छ । विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय